Megaphone-in-text-bubble

२०२२ सालको UW–Madison कर्मचारी वातावरण सर्वेक्षण

२०२२ सालको वसन्त सेम्स्टरमा, UW–Madison ले विश्वविद्यालयमा काम गर्ने बारेमा कर्मचारीहरूको सोच, अनुभव र चिन्ताहरू बटुल्न २०२२ सालको कर्मचारी वातावरण सर्वेक्षण वितरण गर्‍यो । सो सर्वेक्षण अन्लाईन र कागज मार्फत छ भाषाहरूमा उपलब्ध थियो र छ भाषाहरूमै व्यक्तिगत रूपको सहायाता पनि उपलब्ध थियो । सर्वेक्षणमा ६,४८० कर्मचारीहरू सहभागी भए र प्रतिक्रिया दर (३८%) शैक्षिक र युनिभर्सिटी कर्मचारीहरू (academic and university staff) बिच बाँडिएको थियो ।

सर्वेक्षणको नतिजाहरू

रिपोर्ट

कर्मचारी वातावरण सर्वेक्षण रिपोर्टमा सबै मात्रात्मक नतिजाहरूको विश्लेषण समावेश छ । यसमा जनसांख्यिकीय र रोजगारी वर्गहरूको विस्तृत विश्लेषण र अन्य सर्वेक्षणहरूसँगको तुलना समावेश छन् ।

रिपोर्ट पढ्नुहोला

ड्यासबोर्ड

ड्यासबोर्डले UW–Madison का प्रयोगकर्ताहरूलाई स्कूल, कलेज वा विभाजनहरूको नतिजा हेर्न अनुमति दिन्छ । विभागहरूको लागि पनि नतिजाहरू उपलब्ध छन् जब कुनै समूहबाट कम्तिमा १० प्रतिक्रियाहरू आएका छन् ।

ड्यासबोर्ड हेर्नुहोला

नतिजाहरूको बारेमा भिडियो हेर्नुहोला

UW–Madison सँगको सामान्य सन्तुष्टि

अधिकांश कर्मचारीहरू विश्वविद्यालयसँग सन्तुष्ट छन् । कर्मचारीहरूले UW–Madison (७३%) र आफ्नो कामसँग (७६%) केही मात्रामा वा धेरै सन्तुष्ट रहेको रिपोर्ट गरे । कर्मचारीहरूले UW–Madison लाई काम गर्ने राम्रो ठाउँको रूपमा सिफारिश दिने कुरा पनि रिपोर्ट गरे (७२%) ।

यी सामान्य सन्तुष्टी नतिजाहरूलाई संघीय सरकारको २०२१ सालको काम गर्नको लागि उत्तम ठाउँहरूको (2021 Best Places to Work) सर्वेक्षणसँग तुलना गर्न सकिन्छ । हाम्रो प्राप्ताङ्क (१०० मा ७३.५) ले UW–Madison का कर्मचारीहरू सामान्यतया संघीय एजेन्सीहरूका (१०० मा ६६) कर्मचारीहरू भन्दा अझै बढी सन्तुष्ट छन् भनेर देखाउँछ ।

विविधता र समावेशीकरण (Diversity and Inclusion)

कर्मचारीहरूको आफ्नो विभाग वा कामको युनिट प्रतिको भावनाहरू सामान्यतया सकारात्मक थिए । प्रायजसोले स्वागत गरिएको (७७%), सम्मान गरिएको (७२%), महत्त्व दिइएको (६५%), सुरक्षित (९०%), समावेश गरिएको (६६%) र आफ्नोपना (६६%) “धेरै जसो” वा “एकदम धेरै” महसुस गरेको रिपोर्ट गरे ।

लगभग दश प्रतिशत कर्मचारीहरूले आफ्नो विभाग वा कार्य युनिटमा “कहिल्यै नाइँ” वा “एकदम कम” स्वागत गरिएको (६%), सम्मान गरिएको (८%), महत्त्व दिइएको (१२%), सुरक्षित (३%), समावेश गरिएको (१०%) वा आफ्नोपना (१०%) महसुस नगरेको रिपोर्ट गरे ।

कर्मचारीहरूले उनीहरूको लागि UW–Madison, आफ्नो स्कूल, कलेज वा विभाग र कार्य युनिटमा विविधता प्रतिको बलियो प्रतिबद्धता हुन “धेरै महत्त्वपूर्ण” वा “एकदम धेरै महत्त्वपूर्ण” (८५%) रहेको रिपोर्ट गरे । अधिकांश कर्मचारीहरूले विविधता प्रति यी समूहहरू “धेरै प्रतिबद्ध” वा “एकदम धेरै प्रतिबद्ध” भएको रिपोर्ट गरे (UW–Madison (५९%); स्कूल, कलेज वा विभाग (६२%); विभाग वा कार्य युनिट (६७%)) ।

अधिकांश कर्मचारीहरूले उनीहरूको विभाग वा कार्य युनिट लिङ्ग वा लैङ्गिक पहिचान (८२%), यौनिक अभिमुखीकरण (८७%), वर्ण वा जातीयता (७९%), राष्ट्रीयता वा नागरिकता (८४%), धार्मिक विश्वास वा चलनहरू (८१%), राजनीतिक विचार वा आबद्धताहरू (७०%) र अशक्तता (७७%) ध्यानमा नराखी “धेरै समावेशी” वा “एकदम धेरै समावेशी” भएको रिपोर्ट गरे । केही अवस्थाहरूमा, कम प्रतिनिधित्व भएको समूहमा (underrepresented group) पहिचान भएका कर्मचारीहरूले आफ्नो विभाग वा कार्य युनिटको समावेशीतामा कम प्रतिनिधित्व समूहमा नभएका कर्मचारीहरू भन्दा लगभग १० देखि १५ प्रतिशत कम अङ्क रिपोर्ट गरे ।

काममा हुँदाको भलाइ (Well-being at Work)

अधिकांश कर्मचारीहरूले आफ्नो काममा हुँदाको भलाइलाई “राम्रो,” “एकदम राम्रो,” वा “उत्कृष्ट” रूपमा (७६%) मूल्याङ्कन गरे र यसमा जनसांख्यिकीय समूहहरू बीच कुनै ठूलो भिन्नता देखिएन । लगभग एक चौथाइ कर्मचारीहरूले काममा हुँदाको आफ्नो भलाइलाई “एकदम नराम्रो” वा “ठिकै” को रूपमा मूल्याङ्कन गरे र यसमा ६% ले आफ्नो भलाइलाई “एकदम नराम्रो” रूपमा मूल्याङ्कन गरे ।

अधिकांश कर्मचारीहरूले उनीहरूको भलाइको लागि उनीहरूको सहकर्मीहरू (७३%), तत्काल सुपरभाईजर (७०%) र सीधै रिपोर्ट गर्नुपर्ने व्यक्तिहरू (७४%) बाट पाएको समर्थनसँग “धेरै सन्तुष्ट” वा “एकदम धेरै सन्तुष्ट”, तर वरिष्ठ अगुवाहरू (४२%) बाट पाएको समर्थनसँग कम प्रतिशत कर्मचारीहरू सन्तुष्ट भएको रिपोर्ट गरे ।

कार्यस्थल बाहेक अन्तैबाट गर्न मिल्ने काम (Remote Work)

अधिकांश कर्मचारीहरू UW–Madison (५४%) को र आफ्नो स्कूल, कलेज वा विभाग (५७%) को कार्यस्थल बाहेक अन्तैबाट गर्न मिल्ने काम (remote work) को नीतिसँग “धेरै सन्तुष्ट” वा “एकदम धेरै सन्तुष्ट” भएको रिपोर्ट गरे । LGBTQ+वा अशक्तता भएको रूपमा आफूलाई पहिचान गर्ने व्यक्तिहरू UW–Madison को नीतिसँग कम सन्तुष्ट छन् ।

झगडालु वा धम्काउने व्यवहार (Hostile or Intimidating Behavior)

कुल मिलाएर, ४४% कर्मचारीहरूले UW–Madison क्याम्पसमा गएको तीन वर्ष भित्रमा झगडालु वा धम्काउने व्यवहार देखेको रिपोर्ट गरे र ३८% ले UW–Madison क्याम्पसमा गएको तीन वर्ष भित्रमा त्यस्तो व्यवहार व्यक्तिगत रूपमा अनुभव गरेको भने । गैर द्वयसांखिक (nonbinary) वा अन्य लिङ्गको रूपमा पहिचान गर्नेहरूले झगडालु वा धम्काउने व्यवहार देखेको रिपोर्ट गर्ने सम्भावना बढी थियो ।

आधा भन्दा कम कर्मचारीहरूले क्याम्पसमा झगडालु वा धम्काउने व्यवहार “धेरै” वा “एकदम धेरै” गम्भीर रूपमा लिइने (४४%) रिपोर्ट गरे । आधा भन्दा कम कर्मचारीहरूले उनीहरूलाई झगडालु वा धम्काउने व्यवहारको चिन्ताहरू प्रति आवाज उठाउन “धेरै सजिलो ” वा “एकदम धेरै सजिलो” लाग्ने (४१%) रिपोर्ट गरे ।

UW–Madison को विज्ञान र इन्जिनियरको महिला नेतृत्व संस्थान (WISELI) को २०२२ सालको संकायको काम र दैनिक जीवनको अध्ययन (Study of Faculty Worklife) मा संकायले उस्तै दरमा HIB देखेको (४७%) र अनुभव गरेको (३८%) रिपोर्ट गरेका थिए ।

यौन उत्पीडन (Sexual Harassment)

गएको तीन वर्षमा छ प्रतिशत कर्मचारीले UW–Madison क्याम्पसमा व्यक्तिगत रूपमा यौन उत्पीडन अनुभव गरेको रिपोर्ट गरे । महिला र गैर द्वयसांखिक वा अन्य लिङ्गको रूपमा पहिचान गर्नेहरूले पुरुषहरूको तुलनामा यौन उत्पीडन अनुभव गरेको रिपोर्ट गर्ने सम्भावना लगभग दोब्बर थियो ।

अधिकांश कर्मचारीहरूले रिपोर्ट गरे कि क्याम्पसमा यौन उत्पीडन “धेरै” वा “एकदम धेरै” गम्भीर रूपमा लिइन्छ (७६%) । बाउन्न प्रतिशतले रिपोर्ट गरे कि यौन उत्पीडनको समस्या लिएर उनीहरू सामु यदि कुनै व्यक्ति आए भने कस्तो कदमहरू चाल्ने उनीहरूलाई “धेरै” वा “एकदम धेरै” राम्रोसँग थाहा छ । चालीस प्रतिशत कर्मचारीहरूले गुनासोहरू समाधान गर्ने प्रक्रिया “धेरै” वा “एकदम धेरै” प्रभावकारी भएको रिपोर्ट गरे ।

UW–Madison को २०२२ सालको WISELI संकायको काम र दैनिक जीवनको अध्ययनमा, संकायहरूले उस्तै दरमा (५.३%) यौन उत्पीडन अनुभव गरेको रिपोर्ट गरेका थिए ।

कार्यस्थलमा कर्मचारीहरू कायम राख्ने (Workplace Retention)

२०% भन्दा कम कर्मचारीले आउने १२ महिनामा काम छोड्ने “धेरै सम्भव” वा “एकदम धेरै सम्भव” भएको रिपोर्ट गरे (१९%) । युनिभर्सिटी कर्मचारीहरूका ठूलो हिस्साले आउने १२ महिनामा आफ्नो हालको जागिर छोड्ने “धेरै सम्भव” वा “एकदम धेरै सम्भव” भएको रिपोर्ट गरे (३५%) ।

आउने १२ महिनामा आफ्नो हालको जागिर छोड्ने “धेरै सम्भव” वा “एकदम धेरै सम्भव” भएको रिपोर्ट गर्नेहरू मध्येहरूमा ६४% ले UW–Madison बाहिर अर्को जागिर लिने, ४३% ले UW–Madison भित्र अर्को जागिर लिने वा अवकाश लिने (२०%) विचार गरेको उत्तर दिए । उत्तरदाताहरूले एउटा भन्दा बढी उत्तर चयन गर्न सक्ने थिए ।

कर्मचारीहरूले आफ्नो हालको जागिर छोड्ने प्रायजसो रिपोर्ट गरेका कारणहरूमा कामको वातावरण, काम र दैनिक जीवनको सन्तुलन, तनावको स्तर, तलब, तत्काल सुपरभाईजर वा सुविधाहरू छन् । Postdoctoral कर्मचारीहरूले कोषमा बदल, बढुवा पाउन वा श्रीमान/श्रीमती वा पार्टनरको रोजगारीको अवस्थाको कारणले काम छोड्ने सम्भावना बढी छ ।

यी नतिजाहरू UW–Madison को २३% को सामान्य कर्मचारीहरू कायम राख्ने दर (retention rate), जसमा १४% ले अवकाश लिएर वा राजीनामा दिएर विश्वविद्यालय छोड्ने र ९% ले विश्वविद्यालय भित्र कार्यपदहरू बदल्ने प्रक्रियाहरूसँग मिल्दोजुल्दो छन् ।

सिक्ने र प्रगति गर्ने अवसरहरू

अधिकांश कर्मचारीहरूले आफ्नो काम अर्थपूर्ण रहेको (६७%) र आफूसँग आफ्नो काम राम्रोसँग गर्न सक्ने (६५%) स्रोतसाधनहरू भएको रिपोर्ट गरे । लगभग आधाजसो उत्तरदाताहरूले आफूसँग सिक्ने र प्रगति गर्ने अवसरहरू भएको (५४%) र आफ्नो कार्यसम्पादनमा उपयोगी प्रतिक्रियाहरू पाएको (४८%) रिपोर्ट गरे ।

अर्को चरणहरू

प्रोभोस्ट र अर्थ र प्रशासनका उपकुलपतिका कार्यालयहरूले यस परियोजनामा काम गर्न जारी राखेका छन् । उनीहरूले:

  1. गुणात्मक सर्वेक्षण प्रश्नहरूको प्रतिक्रियाहरूको विश्लेषण गर्ने र साझा विषयवस्तुहरू पहिचान गर्नेछन् ।

सवेर्क्षण बारे सामान्य जानकारीको लागि — यसको लक्ष्यहरू र ज्ञान कसरी प्रयोग गरीनेछ — कृपया staffclimatesurvey@wisc.edu मा सवेर्क्षण योजना टोलीलाई ईमेल पठाउनुहोला ।